एक हजार ५८ जनाकाे आँखा जाँच, ७८ जनाकाे शल्यक्रिया

बिहिबार, चैत्र २९, २०८०

गाेरखा ।  जिल्लाकाे भिमसेन थापा गाउँपालिका भित्रका  विभिन्न स्थानमा गरिएको स्कृनिङ शिविरमा एक हजार ५८ जनाकाे आँखा जाँच गरिएकाे छ ।

२७ र २८ गते शान्ति मा .वि. भिमसेनथापा ५ बगुवा मा सञ्चालन भएको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविर  ७८ जनाको शल्यक्रिया गरी सम्पन्न गरिएकाे छ ।

भिमसेनथापा गाउँपालिका, नेपाल नेत्रहिन संघ पुनस्थापना कार्यक्रम, नेपाल नेत्र ज्योति संघ,भरतपुर आँखा अस्पताल र गोरखा लायन्स आँखा सेवा केन्द्रको संयुक्त आयोजनामा भिमसेनथापा गाउँपालिकामा यो शिविर सञ्चालन भएकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।