अजिरकाेटमा स्याउ फल्न थाल्याे

मङ्लबार, जेष्ठ १, २०८१

गाेरखा । जिल्लाकाे अजिरकाेट गाउँपालिका वडा नम्बर २ का देउराली र  नाप्लुङमा स्याउ फल्न थालेकाे छ । अघिल्लाे साल इटालीबाट ल्याइएका फुजी, गाेल्डेन र रेड डेलिसियस जातका स्याउमा फल लाग्न थाले पछि किसानहरु हर्षित भएका छन् ।

यतिबेला छिरिङ तामाङकाे बगैँचामा ५००, साेमराज गुरुङकाे बगैँचामा ३०० र भिम तामाङकाे बगैँचामा २०० वटा स्याउका बाेटहरु रहेका छन् । लगाएकाे पहिलाे वर्षामा नै दुइचार वटा दान फल लागे पनि यसपालि धेरै नै फल लागेकाे किसान छिरिङ तामाङले जानकारी दिए ।

स्याउ फूल्दै गर्दाका दृश्य

चिसाे हावापानीमा हुने स्याउखेतीका लागि किसानहरुकाे हितमा गाउँपालिकाले काम गरिररहेकाे कृषि प्राविधिक सन्त बहादुर कार्कीले बताए । स्याउलाइ तुषााराे र  हिउँबाट जाेगाउन प्राविधिक सुधारका कामहरु भइरहेकाे कार्कीकाे भनाइ छ ।

छिरीङ तामाङकाे स्याउ वगैँचा

स्याउसँगै यहाँका किसानहरुले स्ट्रवेरी, खुर्पानी लगायतका फलफुल, सतुवा लगायतका जडिबुटी, आलुखेती गर्दै आएका छन् । माैसम परिवर्तनसँगै आउने असिनापानीले खेतीलाइ असर गर्ने गरेकाे किसान साेमराज गुरुङ बताउँछन् । बँगैचामा टनेलकाे व्यवस्था हुनसके असिनाबाट हुने क्षति कम गर्न सकिने अर्का किसान भिम  तामाङकाे भनाइ छ ।

व्यावसायिक रुपमा उत्पादन सुरु भएलगतै स्याउखेतीकाे विस्तार गरी उत्पादन वृद्धि गर्ने याेजना रहेकाे गाउँपालिका अध्यक्ष दिपक देवकाेटाले बताए ।