गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शहिदलखन २ मनकामनाकाे अध्यक्षमा शिवजी थापा निर्विराेध भएका छन् । पार्टीकाे १३ गते भएकाे भेलाले थापाकाे अध्यक्षमा समिति गठन गरेकाे साे वडाका पार्टी इञ्चार्ज सकुन थापा मगरले जानकारी दिएकी छन् ।
भेलालाई माओवादी नेता कमला नहर्कीले सम्बाेधन गरेकी थिइन । भेलालाई सम्बाेधन गर्दै नहर्कीले मुलुककाे परिवर्तनकाे लागि माओवादीले नेतृत्व लिनै पर्ने बताइन् । अन्य पार्टीहरु पटक पटक सत्तामा पुग्दा जनताले परिवर्तनकाे महसुस गर्न नपाएकाे तर माओवादीका कारण जनताले परिवर्तनकाे महसुस गरेका उनले बताइन । धरासयी भएकाे अर्थतन्त्रलाई प्रचण्डकाे नेतृत्वमा रहेकाे सरकारले सकरात्मक दिशामा ल्याएकाे उनकाे भनाई थियाे ।
मनकामनाकै सवालमा कुरा गर्नुपर्दा पनि हिजाे जहाँतहिँ फाेहाेरकाे डुङ्गुर, खानेपानीकाे समस्या लगायतका दर्जनाै समस्याहरु थिए जव स्थानीय सत्तामा महिलाकाे नेतृत्वमा जनप्रतिनिधिहरु आउनुभयाे याे दुइ वर्षकाे अवधिमा मनकामनाले उचाइ लिइसेकाे उनले बताइन्, हिँजाे भएका फाेहाेरकाे व्यवस्थापन लगायतका धेरै समस्या समाधानमा जनप्रतिनिधिहरु लाग्नु भएकाे छ । माओवादीले गर्ने भनेकाे काम जनताका लागि हाे । मनकामनाबाट अन्य वडाले पनि पाठ सिक्नु पर्ने नहर्कीले बताइन ।
वेतेनी सामुदायिक हाेमस्टेमा भएकाे कार्यक्रममा विषेश अतिथि गण्डकी प्रदेश सदस्य कृष्ण चेपाङ, शहिदलखन गाउँपालिका पार्टी अध्यक्ष रमेशबाबु थापा मगर, सचिव कृष्णबाबु श्रेष्ठ लगायतले माओवादी पार्टीलाई बलियाे बनाउन सके नै नागरिकहरुकाे अधिकार सुनिश्चित हुने बताएका थिए ।
गाउँपालिका भित्र रहेका वडाहरुमा पार्टी गठनकाे क्रममा पहिलाे भएकाे वडा नम्बर २ मा नेपाली काँग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी दर्जनाै नागरिकहरु माओवादी पार्टीमा प्रवेश गरेका वडा पार्टी इञ्चार्ज सकुन थापा मगरले जानकारी दिएकी छन् ।