धार्चे गाउँपालिका जाने बाटो अवरुद्ध

सोमवार, जेष्ठ २८, २०८१

राजेन्द्र न्यौपाने
गोरखा, २८ जेठ । उत्तरी गोरखाको धार्चे गाउँपालिका जानेबाटो सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ७ लापु भिरमा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
पहाडी भूगोल पहिरो गइरहन्छ , पहिरो पन्छाउन सकिएन भने विरामी अस्पताल लैजान र मानिसहरु आउजाउ गर्न समस्या हुन्छ । पहिरो पञ्छाउन मेसिन पठाएको छु । बेलुका सम्म पहिरो खुलेर काठमाण्डौबाट आउने बसहरु पनि पास हुन्छ होला गुरुङले भने ।