गोरखाको निर्वाचन क्षेत्र नम्बरका २ का सबै साँसद मन्त्री

मङ्लबार, जेष्ठ २९, २०८१

गोरखा,२९ जेठ ।  गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सँघीय र प्रदेशका सबै साँसदहरु मन्त्री भएका छन् ।

सँघीय निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश साँसद सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री र प्रदेश सभा निर्वाचन क्षेत्र २(१) बाट निर्वाचित साँसद फणिन्द्र देवकोटा गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री भएका छन् ।

पाण्डेले बुधबार गण्डकी प्रदेशसभाबाट विस्वासको मत लिनुभएको थियो । देवकोटाले आज प्रदेशमा मन्त्रीको कार्यभार सम्हालेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ जौवारी घर भएका नेता नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मामिला मन्त्री रहेका छन् । आफ्नो निर्वाचन क्षेत्रका सबै नेताहरु राष्ट्र र प्रदेशको कार्यकारी पदमा रहेपछि यस क्षेत्रका नागरिकहरु खुशी भएका छन् । हामीले साँसद बनाएको ठूला पदमा पुर्याउनकै लागि हो, गोरखा निर्वाचन क्षेत्र नम्बर २ घर भएका बुद्धिजीवि नरनाथ मरहट्टा बताउँछन् ।