गण्डकी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम, बाँदर धपाउन कृषि हेरालाे

मङ्लबार, जेष्ठ २९, २०८१

राजेन्द्र न्याैपाने

पाेखरा २९ जेठ । गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । प्रदेशलाई समृद्ध बनाउन विभिन्न कार्यक्रम ल्याएकाे सरकारले किसानहरुकाे हितमा बाँदर धपाउन नयाँ नीति ल्याएकाे छ ।

बाँदरकाे अतिक्रमणबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीकाे सँरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारकाे साझेदारीमा आवश्यकताका आधारमा कृषि हेरालाे व्यवस्था गर्ने  नीति लिइएकाे छ ।

यस नीति अनुसार खेती हुने क्षेत्रका बालिनाली जाेगाउन गाउँका जनशक्तिलाई उचित पारीश्रमिक दिएर बाँदर धपाउन लगाइने छ ।