
अजिरकाेट, गाेरखा । जिल्लाकाे अजिरकाेट गाउँपालिकाकाे १५ औँ अधिवेशन आज सम्पन्र भएकाे छ । गाउँपालिका अध्यक्ष दिपक देवकाेटाकाे अध्यक्षतामा भएकाे अधिवेशनमा गाउँपालिका उपाध्यक्ष अनिता भुजेलले नीति तथा कार्यक्रम अनुसारकाे बजेट पेश गर्नुभएकाे थियाे ।
पालिका भित्र वितरण गरिने सामाजिक सुरक्षा भत्ता बाहेक आव ०८१।०८२ का लागि ४५ कराेड २५ लाख ३५ हजार व्यय प्रस्तुत भएकाे हाे ।
चालु खर्च ७०.०१ र विकास तर्फ २९ .९९ प्रतिशत रहने अनुमान गरिएकाे छ । चालु आवमा चालु खर्चकाे प्रगति ७१.६१ र पुँजीगत तर्फ ६१।०६ प्रतिशत गरी कुल वित्तिय प्रगति ६७.५५ प्रतिशत रहेकाे छ ।
कार्यक्रममा वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरु, विषयगत समितिका सँयाेजकहरुले आ आफ्ना क्षेत्रमा भएका रचनात्मक कामकाे बारेमा जानकारी गराउनुका साथै बजेटका बारेमा सुझाव प्रदान गरेका थिए ।
नीति तथा कार्यक्रम अनुसारकाे बजेट पालिका सदस्यहरु सबैले एक मतका साथ पारित गरेका थिए ।