बागमति नदिमा फसेका ३ जनाको सकुशल उद्धार

शनिबार, असार २३, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमति नदिमा फसेका ३ जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरिको गोताखोको टोलीले उनीलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

दिउसो ४ः४० नदिमा फसेका उनीलाई शसस्त्र प्रहरीको गोताखोर टोलीले सांझ ५ः२५ मा सकुशल उद्दार गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद उद्दार गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोर सहित १५ जना र नं. १८ निलबाराही गण किर्तिपुरबाट १० जनाको टोलीले उनिहरुको उद्दार गरेको सहप्रबक्ता थापाले बताए ।

उद्दार गरिएकाहरुमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा भएको पुष्टी भएको छ ।