भिमसेन थापा गाउँपालिका , गाेरखा । ग्रेट,स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध, समाजवाद उन्मुख नुमना गाउँपालिका, भिमसेन थापा गाउँपालिका गाेरखाले पालिका भित्र रहेकाे ८ वटा वडाका सहकारीहरूलाइ कष्टम हायरीङ सेन्टरकाे उपकरण हस्तान्तरण गरेकाे छ । कष्टम हायरीङ अन्तर्गत २४ थान कृषि उपकरणहरु पर्दछन् ।
गाउँपालिका अध्यक्ष लाेकप्रसाद बञ्जराले आज पालिकामा आयाेजित कार्यक्रममा उपकरण हस्तान्तरण गर्नुभएकाे हाे । माझथाेक साना किसान कृषि सहकारी सँस्था लि भिमसेन थापा गाउँपालिका वडा नम्बर १, मेहेनती कृषि सहकारी सँस्था लि वडा नम्बर २, सृजनशील कृषि सहकारी वडा नम्बर ३, प्रगतिशिल कृषि सहकारी वडा नम्बर ४, वगुवा कृषि सहकारी वडा नम्बर ५, अश्राङ कृषि सहकारी वडा नम्बर ६, उद्दमशील साना कृषि सहकारी सँस्था वडा नम्बर ७,श्रृजनशील वचत तथा ऋण सहकारी वडा नम्बर ८ लाइ सामग्री हस्तान्तरण गरिएकाे प्रमुख प्रशासकीय अधिकृत चिज बहादुर अधिकारीले बताउनुभयाे ।
हस्तान्तरण भएका सामग्रीहरूमा हाते ट्याक्टर ४ थान, मकै छाेडाउने मेसिन ५ थान, फुट स्प्रे १ थान, इ स्प्रे २ थान, जाव प्रान्टर ७ थान, माेटर १ थान, ब्रस कटर २ थान, चाप कटर २ थान, थ्रेसर १ थान रहेका छन् ।
गाउँ,टाेल,घरघरमा स्थानीय सरकार रहेकाे भिमसेन थापा गाउँपालिकामा सम्बन्धित वडामा रहेका सहकारीहरुकाे माग र वडा कार्यालयकाे सिफारीसकाे आधारमा सामूहिक रुपमा त्यस क्षेत्रका कृषकहरुले प्रयाेग र सँरक्षण गर्ने गरी सामग्री प्रदान गरिएकाे हाे । सहकारीहरुले प्राप्त गरेकाे उपकरणहरुकाे कुल लागत २७ लाख, १५ हजार २०६ रुपैयाँ रहेकाे छ ।
उपकरण हस्तान्तरण कार्यक्रममा वडा अध्यक्षहरु, कृषि शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लगायत जनप्रतिनिधि, कर्मचारी र सहकारीका अधिकारीहरूकाे सहभागिता रहेकाे थियाे ।