
गाेरखा । गण्डकी प्रदेश भित्र रहेकाे ८५ वटा पालिकाहरुले आर्थिक वर्ष २०८१।०८२ का लागि समयमै बजेट प्रस्तुत गरेका छन् । प्रदेश भित्र रहेकाे एक महानगर सहित ८५ पालिकाले समयमै बजेट पारित गरेका नगरपालिका महासँघले जानकारी दिएकाे छ । असार १० भित्र नीति तथा कार्यक्रम र असार मसान्त सम्म बजेट पारित नगर्ने पालिकाले साउन १ गतेदेखि खर्च गर्न नपाउने व्यवस्था रहेकाे छ ।
खर्च गर्न नपाउनुलाई बजेट हाेलिडेकाे रुपमा लिने गरिन्छ । काेशी प्रदेशकाे धरान उपमहानगरपालिकाले बजेट प्रस्तुत गर्न सकेकाे छैन । काेशीका तीन पालिका, मधेशका १०, बागमतिका ३ पालिकाकाे बजेट आएकाे छैन ।