मेहेन्दी लगाउने प्रतियाेगितामा भाग लिँदै छात्राहरु । तस्वीर अभिषेक तामाङ

Breaking News

द्रव्य शाह बहुमुखि क्याम्पसमा मेहेन्दी लगाउने प्रतियोगिता सम्पन्न

By मनासलु

July 29, 2024

अभिसेक तामाङ/गाेरखा । द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाको शैक्षिक क्यालेण्डर अनुसार २०८१-४-१४ गते अध्ययनरत विद्यार्थीहरुलाई लक्षीत गरी अतिरिक्त क्रियाकलाप समिति र स्वतन्त्र विद्यार्थी युनियन ( स्व०वि० यू०) को आयोजनामा मेहेन्दी लगाउने प्रतियोगिता आज सम्पन्न भएकाे छ ।

प्रतियाेगितामा  छात्रा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । मेहेन्दी प्रतियोगितामा २० टिमले सहभागीता जनाएको थियो । उक्त प्रतियोगितामा सबै सहभागीले उत्कृष्ट प्रर्दशन गरेका थिए।

मेहेन्दी प्रतियोगिता मुल्याङ्कन बाट प्रथम स्थान वि.वि.एस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू रेश्मा गुरुङ र प्रिती गुरुङ, दितिय स्थान बि.एड प्रथम वर्षका इन्द्रा गुरुङ र खुसी गुरुङ, तृतीय स्थान बि.वि. एस, तृतीय वर्षका शुस्मा गुरुङ र प्रनिशा कार्की र सान्त्वना स्थान वि.एड तृतीय वर्षका दिपा तिवारी र लुना माया रानाले प्राप्त गर्नु भएको थियो ।

विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुहुँदै क्याम्पस प्रमुख एकदेव अधिकारी । तस्वीर अभिषेक तामाङ

मेहेन्दी लगाउने प्रतियोगिताको मुल्याङ्कन सपना श्रेष्ठ र सिजना श्रेष्ठले गर्नु भएको थियो । उक्त कार्यक्रम क्याम्पस प्रमुख एकदेव अधिकारी को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम उप.प्रा केशव राज रेग्मीले संचालन गर्न भएका थियो।

अतिरिक्त क्रियाकलाप समिति, प्राध्यापक, कर्मचारी, स्व० वि०यू० प्रतिनिधिको सहभागिता थियो । यस मेहेन्दी प्रतियोगिता, कार्यक्रम उत्साह जनक उपस्थिति र सहयोग प्रति क्याम्पस परिवारले सबैलाई  धन्यवाद दिएकाे छ ।

प्रतियाेगितामा विजयीहरुलाई  पुरस्कार प्रदान गरिएकाे थियाे । क्याम्पसले विद्यार्थीहरुकाे व्यवहारीक सीप क्षमताकाे मुल्याङ्कन गर्नका लागि समय समय विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आइरहेकाे छ । क्याम्पसमा हुने अतिरिक्त क्रियाकलाप र असल शिक्षणले द्रव्यशाहमा विद्यार्थीकाे आकर्षण बढ्ने गरेकाे छ ।