आँबुखैरेनीस्थित ऐनापहरामा भारतीय बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

शुक्रबार, भदौ ७, २०८१

राजेन्द्र न्यौपाने
७ भदौ, गोरखा । तनहुँको आँबुखैरेनीस्थित ऐनापहिरो भन्ने ठाउँमा भएको बस दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार बसमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो ।
वेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएर दुइवटा वसमा नेपाल पर्यटकहरु चढेको एउटा गाडि दुर्घटनामा परेको हो । भारतीय राजदुतावासका अधिकारीहरु आँवुखैरेनी अस्पताल आइपुगेका छन् । उनीहरुका आफन्त र दुतावासका कर्मचारी मार्फत शवको सनाखत भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

पोखराबाट काठमाडौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

२६ जनाको आँबुखैरेनी अस्पतालमा मृत्यु भएको हो भने एक जनाको चितवनस्थित अस्पतालमा मृत्यु भएको प्रजिअ गौतमले बताउनुभयो ।

आँबुखैरेनी अस्पतालमा १५ महिला र ११ पुरुषको मृत्यु भएको छ भने चितवनमा एक बालकको मृत्यु भएको हो । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव अस्पतालमै रहेको प्रजिअ गौतमले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १६ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ थप उपचा गर्न लगिएको छ ।
बसमा चालक र सहचालकसहित ४३ जना सवार रहेको खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।