Breaking News

अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी प्रदेश अध्यक्षमा गुरुङ विजयी

By मनासलु

September 10, 2024

पाेखरा । अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी प्रदेशको दोस्रो सम्मेलन बाट अध्यक्षमा त्रिदिप गुरुङ विजयी भएका छन् ।  गुरुङले १३७ मत ल्याउँदा उनका प्रतिष्पर्धी गाेरखाका रामकृष्ण भट्टले ७१ मत ल्याइ दाेस्राे भए । उपाध्यक्षमा निम्न लिखित अनुसार विजयी भएका छन् । १ वसन्त भट्टचन – खुल्ला २ सरोज वल्लभ भट्टराई – खुल्ला ३ अशोक मरहट्टा – खुल्ला ४ कुल बहादुर बुढा – समावेशी ( निर्विरोध) ५ सिता बराल – महिला (निर्विरोध)

प्रमुख सचिवमा  सुजन बास्तोला विजयी भए ।

सचिवमा निम्न लिखित अनुसार विजयी भएका छन् । १ प्रदिप ढकाल – खुल्ला २ विशद उपाध्याय – खुल्ला ३ सन्दिप महतो – खुल्ला ४ जुना गुरुङ – महिला (निर्विरोध) ५ दुर्गा वि.क. – समावेसी ( निर्विरोध)

कोषाध्यक्षमा अनिल सुनार  निर्विरोध चुनिएका छन् ।

क्रान्तिकारीकाे दाेस्राे सम्मेलनबाट निर्वाचन प्रक्रियाबाट समितिकाे छनाैट गरेकाे मातृ पार्टी नेकपा माओवादी केन्द्रले जनाएकाे छ ।