सामन्तवाद परास्त भयाे, दलाल पुँजीवादी व्यवस्थाका विरूद्ध लागाैँ : कँडेल

शनिबार, भदौ २९, २०८१

धन बहादुर तामाङ/ सिरानचाेक ।  नेपाल  कम्युनिस्ट पार्टि (माओबादि केन्द्र ) का केन्द्रीय सदस्य खाेप बहादुर कँडेलले सामन्तवाद परास्त गरे पनि दलाल पुँजिवादी ब्यवस्था परास्त गर्न नसकेकाे बताउनु भएकाे छ ।

नेता कडेलले हाम्राे महान जनयुद्धकाे बलमा सामन्तबाद त परास्त भयाे तर दलाल पुजिवाद फाल्नु पर्ने अबकाे आवस्यकता भएकाे बताउनु भएकाे हाे। ने क पा माओवादी केन्द्रकाे सिरानचाेक गाउपालिकाकाे बैठकलाई सम्बाेधन गर्दै नेता कँडेलले यस्ताे बताउनु भएकाे हाे ।

पार्टीको बैठकमा बाेल्दै कँडेलले हामीले जनयुद्धकाे बलमा राजतन्त्र  फाल्याै, सामन्तवादलाई फाल्याै तर अब दलाल पुजिवादलाई फाल्नु पर्ने छ उहाँले भन्नूभयाे ।

१० बर्षे महान जनयुद्धको उपलब्धि  सम्बिधान सभा मार्फत सम्बिधान जारि गर्नु पनि थियाे त्याे पूरा नभए पनि आँशिक पूरा भएकाे नेता कँडेलले बताउनुभयाे । शनिबार सिरानचाेक गाउपालिकाकाे वडा न ४ मा भएकाे बैठकमा बाेल्दै यस्ताे बताउनु भएकाे हाे ।

गाउँपालिकाका निर्वाचित वडा अध्यक्षहरुलाई लक्षित गर्दै नेता कँडेलले काङ्ग्रेस र माओवादिले गरेकाे विकासमा फरक देखिनुपर्ने पनि बताउनु भयाे ।

काङ्ग्रेसको विकास घुसखाेरि र जनताकाे पहुच भन्दा टाढा हुन्छ भने हाम्रो  विकास जनता सङ्ग छाेईने खाले हुनु पर्ने पनि बताउनुभयाे ।
शनिबार बसेकाे सिरानचाेक गाउँ कमिटिकाे बैठकले प्रदेस कमिटि तथा सिरानचाेक ईन्चाज नबराज पुडासैनीकाे सँयाेजकत्वमा पाच सदस्यीय छानबिन तथा पदपूर्ति कार्यदल गठन समेत गरेकाे छ ।

बैठकले आगामि १० गते भित्रमा पार्टीको सदस्यता नबिकरण तथा लेवि ब्यवस्थित गरि सक्ने लक्ष्य लिएकाे छ ।  कार्यदलले नयाँ सर्कुलर जारी गर्ने तथा आउदै गरेकाे बिजयदशमीकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमकाे तय गर्ने  पार्टी आन्दाेलनलाई अघि बढाउन शुभेच्छुकहरुसँग  वृहत रुपमा आर्थिक सङ्कलन  काम गर्ने पनि कार्यदलका सँयाेजक पुडासैनिले जानकारी दिनुभयाे ।