अखिल क्रान्तिकारी गण्डकीमा सँस्थापन पक्षका विद्यार्थीहरु विजयी, अधिकारी र धिताल प्यानलका विद्यार्थीहरु पराजित

शनिबार, भदौ २९, २०८१

पाेखरा । अखिल क्रान्तिकारीकाे पाेखरामा भएकाे निर्वाचनमा प्यानल बनाएर विद्यार्थीहरुले चुनाव लडेका छन् । गाेरखाका रामकृष्ण भट्टकाे नेतृत्वमा एउटा प्यानल र पर्वतका त्रिदिप गुरुङकाे नेतृत्वमा अर्काे प्यानल बनेकाे हाे ।

भट्टलाई गण्डकी प्रदेशका सह इञ्चार्ज हरीराज अधिकारी, पूर्व माओवादी नेता एवँ गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धिताल र प्रदेश सचिव जगन्नाथ खनालकाे साथ रहेकाे थियाे । निर्वाचनमा उत्साहका साथ हाेमिएका भट्टले मत गणना गर्दा भने गूरुङकाे तुलनामा ६६ मत कम ल्याए । गुरुङले १३७ मत ल्याउँदा भट्टले ७१ मत ल्याए । भट्टलाई ठूला नेताहरु साथ थियाे भने सहिद परिवार समेत रहेका गुरुङलाई सम्मेलनमा साथ दिन आएका युवा विद्यार्थीहरुकाे साथ रहेकाे थियाे । भट्टलाई साथ दिने अधिकारी र धिताल प्यानल पूरै पराजय भएकाे छ ।

सम्मेलनमा कुल २६९ जनाले मतदान गरेका थिए । उपाध्यक्षमा त्रिदिप प्यानलका वसन्त भट्टचन, सराेज बल्लभ भट्टराइ, अशाेक मरहट्टा विजयी हुँदा भट्ट प्यानलका  पवन ढकाल र नविन पाठक पराजित भए ।

प्रमुख सचिवमा सुजन वास्ताेल १३२ मत ल्याएर विजयी हुँदा भट्ट प्यानलका सञ्जय जैसी ७२ मतमा सिमित भए । सचिव पदमा प्रदिप ढकाल, विषद उपाध्याय र सन्दिप महताे विजयी हुँदा भट्ट प्यानलका  किरण खड्का र प्रकाश ढुँगाना पराजित भए ।

काेषाध्यक्ष पद र अन्य सदस्य पदहरुमा निर्विराेध समिति चयन भएकाे थियाे । गाेरखा जिल्लावासी नेताहरुले भट्टलाई निर्विराेध गराउन पटक पटक दवाव दिएका थिए । सभामुखका दाहिने हात मानिएका भट्ट आफू विजयी हुनेमा ढुक्क थिए । मत गणना पछि भने उनी उपविजेतामा सिमित भए ।

माओवादी पार्टीका नेताहरुले विद्यार्थी आन्दाेलनलाई कमजाेर बनाउन पछिल्लाे समय थामथुम पारेर सर्वसम्मत समिति चयन गर्न खाेजेपनि पछिल्लाे पुस्ताका क्रान्तिकारी विद्यार्थीहरुले नारावाजी गर्दै लाेकतान्त्रिक विधि पद्धतिलाई स्वीकार गर्न पार्टीलाई दवाव दिएका थिए । विद्यार्थीकाे दवाव पछि निर्वाचन भएकाे थियाे । निर्वाचनका क्रममा भट्ट प्यानललाई मतदान नगर्नेहरुलाई पार्टीवाट निस्काशन गर्ने धम्की समेत प्रदान गरिएकाे विद्यार्थीहरुले बताएका छन् ।