काठमाडौं । ग्लोबल आईएमई बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । त्यस्तै, साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ भने ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज दिने भएको छ ।
एनआईसी एशिया बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले असोजका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत बनाएको छ । त्यस्तै, व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याज प्रदान गरेको थियो ।
बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ । यसअघि भदौमा ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।
त्यस्तै, नेपाल एसबीआई बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले यसअघि भदौमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो । त्यस्तै, बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ४.३५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
त्यस्तै, नेपाल बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर बढाएको हो । बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत, संस्थागततर्फ ४.९५ प्रतिशत अधिकतम र रेमिट्यान्सतर्फ ६.९५ प्रतिशत ब्याजदर तोकेको छ ।
भदौमा बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत तथा रेमिट्यान्सतर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै, बैंकले साधारण बचत खातामा भने न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै, कृषि विकास बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.०७२२ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिनेछ । बैंकले यसअघि भदौमा व्यक्तिगततर्फ ६.६५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।
त्यसैगरी बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.७६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । त्यस्तै, रेमिट्यान्स खातामा ७.०७२२ ब्याजदर दिनेछ ।
त्यस्तै, सानिमा बैंकले असोज १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत र संस्थागततर्फ ४.९० प्रतिशत ब्याजदर तोकेको थियो । साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको छ ।