सत्यमान श्रेष्ठ , गाेरखा । गोरखा नगरपालिका-१, ताप्लेकाे बन्दिचाैरमा रहेको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद लामिछानेले विद्यार्थी मरणासन्र हुने गरी निर्घात कुटपिट गरेका छन् । विद्यार्थीहरूले कक्षामा शिक्षकले पढाएको बुझिएन भनेर प्रश्न गर्दा कक्षा १० मा पढ्ने १३ जना विद्यार्थी माथि प्रधानाध्यापक लामिछानेले सामूहिक रूपमा कुटपिट गरेर घाइते बनाएका हुन ।
कक्षामा १० मा १४ जना विद्यार्थी रहेकोमा १३ जनाले कुटाइ खाएको एक अभिभावक बताउँछन् । एक जना विद्यार्थी भने अनुपस्थित रहेका थिए । प्रधानाध्यापक लामिछानेले बिहीबार सामूहिक रूपमा विद्यार्थी माथि लौरो प्रहार गरी कुटपिट गरेका प्रत्यक्षदर्शी अभिभावकहरूले बताएका छन् ।
वडा न १ का वडाध्यक्ष हिम्मत कुँवरका अनुसार विद्यार्थीलाई लाैराे लिएर सम्झाउने क्रममा सामान्य घटना भएको हाे । ‘घटना हिजोको रहेछ । के भएको रहेछ भनेर म अहिले शिक्षक, अभिभावक सहितको बैठक बसिरहेको छु’, उनले भने ‘विद्यार्थीमाथि नै कुटपिट गर्ने योजना अनुसार नै घटना घटेको देखिन्छ।’
अभिभावहरू विद्यार्थीले कक्षामा पढाएको विषय नबुझेपछि प्रश्न गर्दा उल्टै सबैलाई कुटपिट गरेको दावी गर्छन् । केही अभिभावक भने वडाध्यक्ष कुँवर र प्रधानाध्यापकाे पार्टी मिलेकाे र याेजनामा पनि मेलमिलाप भएकाेले घटना लुकाउन सक्रिय रहेकाे बताउँछन् ।
विद्यार्थी दीपेन्द्र खड्का भने गम्भीर घाइते भएका छन् । उनलाइ थप उपचारका लागि भरतपुर लगिएकाे छ। प्रधानाध्यापक लामिछानेका अनुसार विद्यार्थीमाथि अावश्यक कारबाही गरिएकाे हाे । मैले लाैराेकाे प्रयाेग गरी ‘सबै विद्यार्थीमाथि कारबाही भएको गरेकाे हुँ , प्रधानाध्यापक लामिछाने भने ।
पढाएको बुझिएन भन्ने अधिकार विद्यार्थीलाइ नभएकाे तर विद्यार्थीहरुले पटक पटक शिक्षक परिवर्तनको माग राखेपछि मैले कुटेको हुँ, प्रधानाध्यापक लामिछानेकाे भनाइ छ ।
उनले आफूले विद्यालयलाई बालमैत्री विद्यालय बनाउन पटक पटक माग गर्दा समेत विद्यार्थीहरू नै अटेर गरेको र शिक्षक तथा अभिभावका कारण सम्भव नभएको दावी गर्छन् । यहाँका अभिभावकहरू सबै बेइमानी छन् ।
अधिकाँश विद्यार्थीहरूकाे स्थानीय स्वास्थ्य चौकीमा उपार पश्चात घर पठाइएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्का भने आफू पोखरातिर भएकाले केही थाहा नभएको भन्दै भोलि पर्सितिर फोन गर्न भने ।
गाेरखा नगरपालिकामा विद्यार्थीलाइ जङ्क फुड दिने, भर्ना हुन अाउने साना बालबालिकाहरूसँग हजाराैँ रूपैयाँ असुली गर्ने, स्थानीय विदाकाे नाममा प्राय विद्यालय बन्द गर्ने, ट्युसन फि का नाममा दिनभरी विद्यार्थीलाइ अार्थिक टर्चर दिने, शिक्षकले दिउँसाेकाे नियमित पठनपाठनमा अालटाल गरेर घरमा ट्युसन पढ्न अाउनु, फलानाे सरकाे किताव किन्नु भनेर समय विताउने गरे पनि गाेरखा नगरपालिका शिक्षा शाखा अाँखा नदेख्ने बनेर उपस्थित भएकाे अभिभावकहरूले बताएका छन् ।
निजिमा पढाउन लैजाउँ खर्च पुर्याउन सकिदैन, घर नजिकैको सरकारीमा पढाउँदा विद्यालयको प्रधानाध्यापक नै आफ्ना छोराछोरीको अँगभँग गरेर पठाउँछन् , हामी जस्ता दुरदराजका मेलोपर्म गरेर खर्च टार्नेहरुका कुरा कसले सुन्छन् र भन्दै अभिभावकहरुले दुख पोखेका छन् ।
गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का भने सबै सरकारी कर्मचारीले आफ्ना छोराछोरी सरकारीमा पढाउनुपर्ने भन्दै सरकारी खर्चमा वकिल राख्दै मुद्धा लड्दै आएका छन् । उनले अनुगमन गर्नुपर्ने आफ्ना हितैषी प्रधानाध्यापक रहेका विद्यालयमा विद्यार्थी सँरक्षकबाट नै पशु समान कुँटिदा मौन रहँदै आएका छन् ।
गोरखा नगरपालिकाको नेतृत्वले सरकारको शिक्षा सम्बन्धि नीतिको अध्ययन नगरी जथाभावि निर्णय गर्दा विद्यार्थीहरु असुरक्षित भएर अत्यन्त त्रासदीपूर्ण वातावरणमा विद्यालय जान बाध्य भएका छन् । शिक्षक सम्बद्ध सबै सँघ, सँगठन र नेपाल शिक्षक महासँघका प्रमुखहरुलाई समेत गोरखा नगरपालिकाले केही योजना मार्फत खरिद गरी राज्यको मूल धारमा आउन नसकेका नागरिकहरु माथि आर्थिक र शैक्षिक दमन गर्न लगाएको अभिभावकहरुको भनाई छ ।