
राजेन्द्र न्यौपाने
११ अशोज, गोरखा । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर १ स्थिर बुटारमा सुप्पर त्रिशुली हाइड्रोपावरमा फसेका तीन वटा ट्रिपर र एउटा लोडर त्रिशुली नदिले बगाएको छ ।
राती ९ः३० ३ वटै ट्रिपर बगाएको घटनास्थलबाट सञ्चारकर्मी सन्ताेष विश्वकर्माले बताए । त्यहाँ भएका ६ साधनमा ४ वटा त्रिशुलीले बगाएको छ । बाँकी दुईवटा साधन पनि बग्ने अनुमान गरिएको उनले बताए ।
सुप्पर त्रिशुली हाइड्रोका काममा लागेका तीन ट्रिपर एक लोडर र दुई वटा जेसिभी नदिको वीचमा फसेका थिए ।
