धादिङ । धादिङमा पहिरोमा पुरिएर २ जना वेपत्ता भएका छन् । माछा मार्ने खोलामा गएको अवस्थामा धादिङको गजुरी गाउँपालिका– २ मा पहिरोले पुरिएर २ जना वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार स्थानीय तापी खोलामा माछा मार्न गएका बखत वर्षा हुँदा ओढारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएका हुन् । शुक्रबार साँझ ५ बजेको समयमा तापी खोलामा माछा मार्ने क्रममा भएको वर्षा छल्न ओडारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।
उनका अनुसार पहिरोमा परेर बेनिघाट रोराङ गाउँपालिका( ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्त चेपाङ रहेका छन् । पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खोजी तथा उद्धारमा खटिएपनि फेला पार्न नसकिएको उनले बताए ।