उत्तर गाेरखामा हिउँ पर्याे, जनजीवन कष्टकर, पर्यटक बाटाेमा राेकिए

शनिबार, असाेज १२, २०८१
तस्वीर : दिपेन्द्र लामा

राजेन्द्र न्याैपाने

१२ असाेज, गाेरखा । उत्तरी गाेरखामा ठूलाे हिमपात भएकाे छ । शुक्रवार देखि परेकाे हिमपातका कारण जनजीवन कष्टकर भएकाे चुमनुब्री गाउँपालिका साम्दाेबाट निमा लामाले बताउनुभयाे ।

एक फिट भन्दा धेरै हिउँ परेकाे छ , हिउँ पर्ने सिजन सुरू नहुँदै यस वर्ष हिउँ पर्याे, लार्के पास गर्न अाएका पर्यटकहरू यतै राेकिएका छन्, लामाले भन्नुभयाे ।

समुद्री सतहदेखि १२,७१३ फिट उचाइमा रहेको गाेरखाकाे अन्तिम गाउँ साम्दाे हाे । जिल्ला सदरमुकामबाट ५२ काेष उत्तरमा याे गाउँ पर्दछ ।

बाक्लाे हिउँ परेपछि बोर्डर आउटपोस्ट (बिओपी) प्रहरीहरूले बाटाे पञ्छाउने र पर्यटकहरूलाइ माैसम खुला भएर बाटाे सफा भएपछि मात्र यात्रामा निस्कन सुझाव दिएका छन् ।

तस्वीर प्रहरी निरीक्षक विश्वराज त्रिपाठी ।

 

विहानै देखि शसस्त्र प्रहरी टाेली बाटाेमा रहेका हिउँ पञ्छाउन लागि परेका बोर्डर आउटपोस्ट(बिओपी) का प्रमुख विश्व त्रिपाठीले जानकारी दिनुभयाे ।

छेकम्पार लगायत उत्तरी गाेरखाका अधिकाँश स्थानमा हिमपात भएका छन् । विहिबार देखि जिल्लाका तल्ला क्षेत्रमा पानी परेकाे छ भने हिमाली क्षेत्रमा हिमपात भएकाे छ । असाेजमै हिमपात विरलै हुने गरेकाे सामागाउँका स्थानीय मिङ्मार लामाले बताउनुभयाे ।