गाेरखा । दुईदिन सम्म परेको अविरल वर्षात पछि आज विहानै देखि घाम लागेको छ । जिल्लाका भित्र रहेका पहाडका चुचुरामा आज विहानैदेखि चम्किलो घाम देखिएको हो । मौसम समेत सफा रहेको छ । विहान ५ः२० बजे नै सुर्योदय भएको छ ।
मौसम सफा भएर घाम लागेसँगै थप वाढी पहिरो आउन सक्ने सम्भावना टरेको छ । दुइदिन देखिको पानीका कारण बाढी र पहिरोले विगारेका बाटा बनाउन भने समय लाग्ने भएको छ । जिल्लाका मुख्य सडकहरु सुचारु छन् । सहायक सडकहरु खुलाउने प्रयास स्थानीय तहबाट भइरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।