शुक्रबार विहान गोरखाको धार्चेबाट छुटेको बस, चालक र यात्रु गन्तव्यमा पुगेनन्

आइतवार, असाेज १३, २०८१
हराएकाे बसकाे फाइल तस्वीर

अभिषेक तामाङ
१३ अशोज, गोरखा । शुक्रबार विहान ८ः०० बजे गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ लापुवेशीबाट काठमाण्डौका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्क विहिन भएको छ ।
वस, बसका चालक र त्यसमा रहेका यात्रुहरु अहिलेसम्म पनि सम्पर्कमा नआएकोले खोजि गरिदिन वडा अध्यक्ष, यातायात व्यावसायीले आग्रह गरेका छन् । बस, चालक, सहचालक र यात्रुहरु सम्पर्कमा नआएको गोरखा यातायात कम्पनी प्रा.लि.का अध्यक्ष नारायण खत्रीले बताउनुभयो ।

बस शुक्रबार दिउँसो १ बजे मुग्लिन आइपुगेको वसमा सवार रहेका मध्ये सुर्य गुरुङले बताउनुभयो । म मुग्लिन झरेर नारायणगढ तर्फ लागेँ, मसँगै रहेको अर्को दाई सोही वसमा काठमाण्डौ जाँदै थिए । शुक्रबार राती १० बजे फोन गर्दा बस जाममा परेको छ बाहिर अध्यारो भएकाले ठाउँमा थाहा छैन भनेका थिए, त्यस पछि सम्पर्क गर्दा सम्पर्क हुन सकेन, बस काठमाण्डौ पनि पुगेको छैन, गुरुङले भन्नुभयो ।

वसमा चालक बसका साहु आफै, तिवारी थरका सह चालक र यात्रुहरु रहेका थिए । आफन्त गन्तव्यमा नपुगेको थाहा पाएपछि खोजि गरिदिन आग्रह गरेसँगै वस हराएको थाहा हुन आएको गोरखा यातायात कम्पनी प्रा.लि.का अध्यक्ष खत्रीले बताउनुभयो ।