गोरखा । गोरखा नगरपालिका कार्यालयकाका शिक्षक समन्वयकर्ता तथा शहिदलखनका पूर्व स्रोत व्यक्ति विश्वनाथ वाग्ले वलत्कार आरोपमा थुनामा परेका छन् । उनलाई असोज ९ गते काठमाण्डौबाट पक्राउ गरी गोरखा ल्याएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
शहिदलखन गाउँपालिकामा अध्ययापनरत शिक्षिकासँग २०६३ सालदेखि मायाप्रेममा रहँदै आएका वाग्लेलाई विवाह गर्न दवाव दिएपनि नमानेपछि महिलाले वलत्कार मुद्धा हालेकी थिइन ।
मुद्धा परेपछि शहिदलखन गाउँपालिका वडा नम्बर आठबाट तत्कालिन वडा सचिव अमृता सिग्देल, वडा अध्यक्ष सहितको टोली मुग्लिन पुगेर महिला र वाग्लेको विवाह दर्ता प्रमाणपत्र प्रदान गरेको थियो । मुद्धा दर्ता भइसकेकाले बलत्कार जस्तो मुद्धामा पक्राउ गरी कारवाही गर्नुपर्ने प्रहरीको दायित्व भएकाले पक्राउ गरी थुनामा राखिएको प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए ।
वाग्ले गोरखा नगरपालिका भित्रका शिक्षकहरुको समन्वयकर्ताका रुपमा लामो समय काम गरेका थिए । शिक्षा सुधारका लागि उनले गोरखामा रहेर काम गर्दै आएका थिए । उजुरी गर्ने महिला शहिदलखन वडा नम्बर ८ स्थित विद्यालयमा कार्यरत शिक्षक रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।