Author Archive

पालुङ्टार नगरपालिकाका ४,५८२ विद्यार्थी सामूहिक दुर्घटना विमा

गोरखा । पालुङ्टार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीलाई सामूहिक दुर्घटना बीमाको दायरामा ल्याउने उद्देश्यले पालुङ्टार नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ।नगरपालिकाको कार्यालयमा सम्पन्न सम्झौतामा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले नगरपालिकाको तर्फबाट तथा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिले कम्पनीको तर्फबाट हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै ४,५८२ जना विद्यार्थीको एक वर्षका लागि सामूहिक दुर्घटना बीमा गरिनेछ। प्रत्येक विद्यार्थीको रु. ७०,००० सम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ भने प्रति विद्यार्थी रु.… पुरा पढौ

भूमि उपयोग परिवर्तनका लागि निवेदन आह्वान

गोरखा, पालुङटार। नेपाल सरकारले हालै जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अन्तर्गत भूमि उपयोग ऐन, २०७६ मा गरिएको संशोधनअनुसार स्थानीय तहलाई एक पटकका लागि भूमि उपयोग परिवर्तन गर्ने अधिकार प्रदान भएपछि पालुङटार नगरपालिकाले सोही व्यवस्थाअनुसार प्रक्रिया अघि बढाएको छ। नगरपालिकाको मिति २०८३ असार २१ गते बसेको कार्यपालिका बैठकको निर्णयबमोजिम भूमि उपयोग परिवर्तन तथा भूमि उपयोग क्षेत्र वर्गीकरण छुटसम्बन्धी कार्य अगाडि बढाइने भएको हो। अध्यादेशले संशोधन गरेको भूमि उपयोग ऐन, २०७६ को दफा ८ को उपदफा (२क) अनुसार… पुरा पढौ

गोरखा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, सबै बालबालिकाले पाए नियमित खोप

गोरखा, २२ असार। गोरखा जिल्लालाई सोमबार औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्र रहेका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि उक्त घोषणा गरिएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार राष्ट्रिय खोप कार्यक्रमको मापदण्ड पूरा गर्दै जिल्लाका सबै वडालाई क्रमशः पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्ला स्तरमा पनि औपचारिक घोषणा गरिएको हो। यससँगै गोरखाले बालबालिकाको नियमित खोप सेवामा शतप्रतिशत पहुँच सुनिश्चित गर्दै खोप कार्यक्रमलाई… पुरा पढौ

पालुङटार नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न २०८३/८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित, सुशासन र विकासलाई उच्च प्राथमिकता

असार, गाेरखा । पालुङटार नगरपालिकाको १३औँ नगरसभा नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम, वार्षिक बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गर्दै आगामी आर्थिक वर्षका विकास तथा सेवा प्रवाहका प्राथमिकता तय गरेको छ। नगरसभाले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र कानुनी रूपमा व्यवस्थित बनाउन आवश्यक विभिन्न विधेयकहरू पनि पारित गरेको जनाएको छ। सभाबाट गत आर्थिक वर्ष २०८१/८२ को यथार्थ आय–व्यय विवरण, चालु आर्थिक… पुरा पढौ

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यमी बनाउन पालुङटारको पहल, उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गोरखा, १६ असार । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप, अनुभव, ज्ञान र पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै स्वदेशमै उद्यमशीलताको वातावरण निर्माण गर्ने उद्देश्यका साथ पालुङटार नगरपालिकाले आयोजना गरेको एकदिने उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई विदेशमा आर्जन गरेको सीप, अनुभव तथा बचतलाई स्थानीय स्तरमै उत्पादनमूलक क्षेत्रमा लगानी गरी स्वरोजगार बन्न प्रेरित गरिएको थियो। नगरपालिकाले युवालाई विदेशमा सिकेको सीप र कमाएको पूँजीलाई सही ढंगले परिचालन… पुरा पढौ

बारपाक सुलिकोट गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशन सम्पन्न

गाेरखा । बारपाक सुलिकोट गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशन गाउँपालिका अध्यक्ष श्री विष्णु प्रसादको अध्यक्षतामामा सम्पन्न भएको छ । (more…) पुरा पढौ

अजिरकाेटकाे नीति तथा कार्यक्रम : किसानको समस्या तत्काल सम्बोधन गर्न ‘किसान कल सेन्टर’

गोरखा- कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आधारभूत सेवाको विस्तारलाई केन्द्रमा राख्दै अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएकाे छ। (more…) पुरा पढौ

गण्डकी गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न

गण्डकी गाउँपालिकाको २०औँ गाउँसभा आज सम्पन्न भएकाे छ ।  पालिका अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हाे । (more…) पुरा पढौ

शहिदलखन गाउँपालिकामा नीति तथा कार्यक्रम अनुसार बजेट पारीत

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकामा नीति तथा कार्यक्रम अनुसार बजेट पारीत भएकाे छ । आज भएकाे १९ अाैँ गाउँसभाले कुल  ६३ कराेड ४७ लाख  ३१ हजार रुपैयाँकाे बजेट पारीत गरेकाे हाे । (more…) पुरा पढौ

स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

गाेरखा । धार्चे गाउँपालिकाले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा छात्रवृत्ति छनोट एवं सिफारिस समितिका संयोजक श्री लक्ष्मण गुरुङज्यूको अध्यक्षतामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो। (more…) पुरा पढौ