सरकारको १०० दिन : काँग्रेसले देखेको सरकारको १२ गल्ती

शुक्रबार, जेष्ठ ११, २०७५

काठमाडौं, ११ जेठ । नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको राम्रो कामको सधैं प्रशंसा गर्ने बताएका छन् । साथै, सरकारले १०० दिन पुरा गरेको अवसरमा सरकाले गरेका विकृति/विसंगतीको खबरदार गरिरहने घोषणा गरेका छन् ।

भिडियोमार्फत् सरकारले गरेका गल्तीहरुलाई सार्वजनिक गरेका प्रवक्ता शर्माले बुँदागत रुपमा सामाजिक सञ्जालमा पनि आफ्नो टिप्पणी गरेका हुन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीले भगवान, देश र जनता कसैको नाममा सपथ नखाएको घटनालाई प्र्रथम विसंगती भनेका छन् । त्यसै न्यायालयमाथि अन्याय भएको र प्रधानन्याधिशविहिन न्यायालय बनाएको, कर्मचारीको मनोबल गिराउने अभिव्यक्ति दिएको, प्रदेश सरकारलाई अधिकार र बजेटले सशक्तिकरण गर्नुपर्नेमा उदासिन व्यवहार देखाएको दोष थोपरेका छन् ।