समाचार

फेरि बढ्यो सुनको मूल्य, कति ?

By pnthari

May 25, 2018

शुक्रबार सुनको मूल्य बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर ५९ हजार दुई सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५९ हजार रुपैयाँ थियो ।

तेजावी सुन भने प्रतितोला ५८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।