तस्वीर ः जिल्ला प्रशासन कार्यालय गोरखा ।

Breaking News

एक हप्ता गोरखा सटडाउन

By मनासलु

August 16, 2020

राजेन्द्र न्यौपाने साउन ३२ गोरखा । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको कोरोना भाईरस रोकथाम नियन्त्रण र व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकबाट अत्यावश्यक सेवा बाहेक सबै सेवा भदौ ७ गतेसम्मका लागि बन्द गर्ने निणर्य गरेको छ । एक हप्ताका लागि जिल्ला सटडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

सार्वजनीक निजी सवारी, बैंक तथा बित्तिय संस्था, उद्योग कलकारखाना, व्यपार व्यवशाय पूर्ण रुपमा बन्द रहनेछन् ।

खाद्यान्न , औषधी पसल सामाजिक दुरी कायम गरी आवश्यक सुरक्षाका उपाए अपनाएर खोल्न पाईने उनले बताए । सटडाउनलाई कडाईका साथ कार्यन्वयन गरिने उनको भनाई छ ।