साँकेतिक तस्वीर

समाचार

खसी चाेरी गर्ने प्रहरी नियन्त्रणमा

By मनासलु

August 21, 2020

भदाै ५ गाेरखा ।  भिमसेन थापा गाउँपालिका १ निवेल मसेलबाट चाेरेर ल्याएका दुईवटा खसी र खसीचाेर शक्तिचाेकबाट समातिएका छन् ।

करिव ४० केजीका दुइ खसी घरबाटै चाेरी भएपछि  खसीका धनिया भगवान बानियाँले  निगरानी गर्न सदरमुकाममा रहेका आफन्तलाई भनेका थिए ।

सदरमुकाम स्थित शक्तिचोकमा भगवानले भनेजस्तै खसी भेटिएपछि चोरी भएको खसी र चाेरीमा संलग्न गिराेहलाइ प्नहरीले नियन्त्रणमा लिएको हो । खसी सहित समातिएका तीनधारा बस्ने  खेतमान गुरूङ र खसी जिल्ला प्रहरी कार्यालय गोरखामा रहेकाे छ ।