भदौ ६, गाेरखा ।
जिल्लाको पालुङटार नगरपालिका वडा नंं. ७ च्याङलीमा १६ बर्षे किशोरीले झुन्डिएर आत्महत्या गरेकी छन् । च्याङलीको फेदीस्थित आफ्नै घर नजिकै रहेको छतिवनको बोटमा झुन्डिएकोअबस्थामा आज बिहान उनको शब फेला परेको स्थानीय रविन्द्र कँडेलले बताए ।
शुक्रबार आफ्नो जन्मदिनका अवसरमा दिनभर चकलेट बाँडदै हिँडेकी १६ बर्षकी अप्सरा कुमाल साँझ नजिकै दिदिको घरमा सुत्न भनेर निस्केको तर आज बिहानै घरनजिकैको रूखमा भेटिएको उनका आफन्तहरूले बताएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको त्यसतर्फ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट टोली आईसकेको अस्थायी प्रहरी पोष्ट बिरूवाटारले जानकारी दिएको छ ।