उपप्रधानमन्त्री इश्वर पोखरेलका छोराका ससुरा (सम्धी) उपेन्द्रकुमार कोइराला ।

Breaking News

उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी कोइरालाले पाए सुवर्ण अवसर

By मनासलु

August 26, 2020

मनासलु सम्वाददाता

भदाै १०, काठमाण्डौ  ।

विवादित बन्दै आएका उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी उपेन्द्रकुमार कोइराला राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिकाे सदस्यमा नियुक्त भएका छन । मन्त्रीका सम्धी भएकाेले उनलाइ उक्त अवसर दिइएकाे बताइएकाे छ ।  कोइरालालाई नेपाल सरकारको मन्त्री स्तरीय बैठकको निर्णयबाट बैंकको सञ्चालकमा नियुक्त गर्न लागिएको हो । अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले जानकारी दिएकाे छ ।

कोइरालाको यसअघिका नियुक्ति र उनका कामहरु पनि विवादित छन। उनको नियुक्ति पाउने क्रम २०५१ सालबाटै सुरु भएको हो । तत्कालिन नेकपा एमालेको सरकार हुँदा २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त  भएका थिए । खाद्य संस्थान पछि उनी महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख भए । पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।

२०६२/६३ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा पदमा काम गर्ने अवसर पाए । त्यसबेला गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले केहि लाजसरम मानेर राजिनामा दिएका थिए ।

पटक पटक विवादमा मुछिए पनि कोइराला नेताका सम्धी भएकाले  नियुक्ति भने प्राप्त हुँदै गयाे । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उनी विरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी  पर्‍यो ।विश्वविद्यालयमा कोइराला विरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।

यस अघि बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक समितिकाे सदस्य पदमा नियुक्त गरेको हो । आफ्ना सहोदर सम्धी हुँदाहुँदै म अरुलाई कसरी विश्वास गर्न सक्छु भनेपनि सञ्चालक समिति सदस्यमा कोइराला राखिएको मन्त्री परिषदमा सहभागि एक सदस्यले जानकारी दिए ।