गाेरखा ।
गोर्खाली संसारभर उनीहरुको वीरता र बहादुरीका लागि परिचित छन् र पनि उनीहरुको संघर्ष पछाडीका कथाहरु प्रायःअकथित नै छन् ।
यस फिल्मको निर्माण एसएचवाइ प्रोडक्सनले गरेको हो र चलचित्रको निर्देशन एवं लेखन पुरस्कार विजेता निर्देशक प्रदीप शाहीको रहेको छ । चलचित्रको विशेष शो गएको जुलाई महिनामा बेलायत र नेपालमा एकसाथ गर्ने तय गरिएको थियो तर कोभिड–१९को कारण हाललाई प्रदर्शनीको मिति पछि सारिएको छ । यो सहकार्यबाट खुकुरी रमले गोर्खालीहरुको बहादुरी, करुणा र मित्रतालाई अझ प्रकाश पार्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।
खुकुरी रमले प्रवर्धन कार्यमा सहयोग पु¥याएकोमा आभार व्यक्त गर्दै चलचित्रका निर्देशक एवं लेखक प्रदीप शाहीले भने,‘गोर्खा बीनीथ द ब्रेभरी एक मनोवैज्ञानीक युद्धको चलचित्र हो जुन स्व. सर्जेन्ट कुलबीर थापा भिसिको वास्तविक कथामा आधारित छ । गोर्खा–गाथालाई फिल्मीकरणको ढाँचामा ल्याउने लक्ष्य लिएको यो पहिलो ऐतिहासिक चलचित्र हो । चलचित्र हाम्रा पुर्खाहरु प्रतिको एक समर्पण हो जसले विश्वव्यापी रुपमा बहादुरी तथा वफादारीको विरासत कायम गरेका छन् र हाम्रो उज्ज्वल भविष्यको लागि त्यति धेरै त्याग गरेका छन् ।’
साथसाथै, खुकुरी रमले प्रवासी नेपालीहरुमाझ विश्वभर गरिने प्रिमियरको लागि पनि सघाउने जानकारी पनि निर्देशक प्रदीप शाहीले दिए । खुकुरी रमले लिएको यो कदमले नेपाली चलचित्रको उत्थान र प्रवर्धनमा टेवा पुग्न जाने विश्वास कम्पनीको छ ।