३ बर्षमा राज्यको ढुकुटीबाट चियानास्तामै २० अर्ब खर्च

सोमवार, भदौ २२, २०७७

भदौ २२ ।

पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतमा राज्यको ढुकुटीबाट २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म खर्च हुने गरेको पाइएको छ।

सरकारले आर्थिक वर्ष २०७३/७४ ,२०७४/७५, २०७५/७६ गरि तीन बर्षमा मनोरञ्जन ,चियापान , भोज र अतिथि सत्कार लगायतका शीर्षकमा १९अर्ब ३५करोड ४३ लाख खर्च गरेका हुन् । आर्थिक बर्ष २०७३/७४ मा ६अर्ब ९४ करोड ४१लाख खर्च भएको थियो , यस्तै गरी आर्थिक वर्ष २०७४/७५मा सबैभन्दा बढी १० अर्ब ८३करोड पाँच लाख खर्च भएको थियो। २०७३/७४ मा १अर्ब ५७ करोड ९७ लाख खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ

महालेखा नियन्त्रक कार्यालयबाट पेश भएको आर्थिक विवरण अनुसार २०७३/७४मा विनियोजित रकमभन्दा ५९६ प्रतिशत बढी खर्च भएको थियो त्यसैगरी २०७४/७५ मा विनियोजित रकमभन्दा ८४७ प्रतिशत बढी खर्च भएको थियो त्यसैगरी २०७५/७६ मा विनियोजित रकमभन्दा १८.९१प्रतिशत बढी खर्च भएको थियो ।अन्य आर्थिक वर्षहरुको तुलनामा यो आर्थिक वर्षमा खर्च रकम कम भएको देखिन्छ ।

महालेखाको ५७औं प्रतिवेदनमा लेखिएको छ, ‘यसप्रकारको खर्चमा नियन्त्रण गर्नुपर्छ। महालेखाका अनुसार विनियोजित रकम सकेर विकास बजेटसमेत रकमान्तर गरी खर्च गरेको पाइएको छ।महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।