साहित्य

कत्ति पनि नछोड्नुस घर, कोरोनाबाट बच्न (गजल)

By मनासलु

September 03, 2020

कत्ति पनि नछोड्नुस घर, कोरोनाबाट बच्न । बाहिर ननिस्कनुस सकभर, कोरोनाबाट बच्न ।

सजग हुनुस सचेत हुनुस, उच्च सतर्कता अप्नाउनुस, मनमा कुनै नराख्नुस डर, कोरोनाबाट बच्न ।

सकेसम्म बाहिर ननिस्कनुस, यदि निस्कनु परेमा, प्रयोग गर्नुस मास्क र सेनिटाईजर, कोरोनाबाट बच्न।

कानले सुन्ने मनले गुन्ने, सहि र गलत आफैले चुन्ने, आईरा हुन्छन जानकारि र खबर, कोरोनाबाट बच्न ।

दूँनियाले हजुरलाई त, साक्षत भगवान मान्छन, गुरू! केही छ होला त मन्तर, कोरोनाबाट बच्न ।

काजी सुनार पर्वत हाल लमजुङ