समाचार

शहिदलखन गाउँपालिकाद्वारा शिक्षकहरुलाइ अनलाइन तालिम

By मनासलु

September 04, 2020

राजेन्द्र न्यौपाने भदौ १९ गोरखा ।

शहिदलखन गाउँपालिका गोरखाले शिक्षकहरुका लागि अनलाइन तालिमको सुरुवात गरेको छ । पालिकाको ९ वटै वडा भित्र रहेका विद्यालयका सम्पूर्ण शिक्षकहरुलाई पहिलो चरणको तालिम दिएर अनलाइनबाट विद्यार्थीहरुलाई शिक्षण गराउने तयारीमा पालिका जुटेको हो ।

विहिबारबाट सुरु भएको तालिममा वडा नं. १ देखि ९ सम्मका शिक्षकहरु सहभागि छन् । विहान र साँझ गरेर दुई सिफ्टमा तालिम सञ्चालन गरिएको र यसबाट प्रविधिको प्रयोग गरेर कसरी शिक्षण गर्ने भन्ने विषयमा शिक्षकहरुले सीप प्राप्त गर्ने शिक्षा शाखा अधिकृत राजेन्द्र खनालले बताए ।

प्रतिकुल समयमा पनि पालिका भित्रका शिक्षकहरुलाई शिक्षणका लागि प्रविधियुक्त बनाई विद्यार्थीहरु शिक्षणमा लगाउने तयारीका साथ पालिका लागेको उनको भनाई छ ।