Breaking News

५ वर्षिय बालक सहित गोरखामा २२ जनामा कोरोना संक्रमण

By मनासलु

September 04, 2020

भदाै २० गाेरखा ।

गोरखा नगरपालिका वडा नम्बर १३ मा १४ जना, वडा नम्बर ६ मा २, वडा नं.७ मा ३, वडा नं.८ मा १, शहिदलखन गाउँपालिकामा ३ र अजिरकोट गाउँपालिकामा १ गरी २२ जना कोरोना संक्रमित थपिएका छन् ।

एकै दिन २२ जना संक्रमित थपिएपछि स्थानीयमा त्रास बढेको छ । गोरखा नगरपालिका १३ मा कोरोनाका कारण एक पुरुषका मृत्यू भएयता ३० जनालाई संक्रमण पुष्टि भएको छ ।

गाेरखा नगरपालिका वडा नम्बर ६ मा ३ वर्षिय बालिकालाई कोरोना पुष्टि भएको छ।