सन् २००० भन्दा पछि भएका विकासक्रमको तिब्रता हेर्ने हो भने विश्व साँच्चै नै प्रबिधिले निकै साँघुरो बनिसक्यो ।अझै साँघुरिदै जाने क्रम त छँदैछ ।नयाँ नयाँ आविस्कार दिनानु दिन भैरहेका छन्।जस्को प्रभाब मान्छेमा प्रत्येक्ष पर्दै गएको छ जो हामी सहजै देख्न सक्छौ।नेपालको सन्दर्भमा हेर्ने हो भने त झन् बहुतै छोटोे समयमा बढि प्रभाव परेको छ ।०६२/०६३ को राजनीति परिवर्तनसँगै नेपालले पनि प्रबिधिमा फड्को मारेको छ ,।यसरी फड्को मार्नुको पछाडि छिमेकी मुलुक चिनको ठूलो साथ रहेको छ ।जो असाध्यै राम्रो पक्ष हो ।प्रबिधिले फड्को मारेसगै मान्छेमा चेतनाको स्तरमा वृद्धि पनि भएको छ ।चेतनाको स्तर बृद्दि गराउनुमा रेडियो ,टेलिभिजन ,मोबाइल फोनसँगसँगै सामाजिक सञ्जाल फेसबुक प्रमुख हो।सन २००४ फेब्रुअरीमा मार्क जुकरवर्गले आफ्नी प्रेमीकासँग बातचित गर्न बनाएका थिए फेसबुक। उनलाई पनि थाहा थिएन कि यो फेसबुकले गर्दा म संसारकै धनी व्यक्ति हुन्छु। यति धेरै मानिसले प्रयोग गर्लान भनेर सोचेका पनि थिइन भनेर पटक पटकका इन्टरभ्यूमा भनेका पनि छन्।आज उनी आफै चक्कित छन्।।तर आज विश्वको सबैभन्दा सजिलो ,छिटो समाजका गतिविधि थाहा पाउने संचारमाध्यम नै भएको छ फेसबुक।पछिल्लो समय सामाजिक सन्जाल प्रयोगकर्ता व्यापक छन्।मुख्यत फेसबुक ,टुइटर,नै बढि प्रयोगकर्ता छन् विश्वमा।
अहिलेको युग भनेको प्रबिधिको युग हो।प्रबिधिले संसारलाई साँघुरो बनाएसँगै मान्छेको सोचलाई पनि साँघुरो बनाउँदै गएको छ भन्ने कुरामा दुइमत छैन।नेपालमा २००६ मा स्वन्तिना शाक्यले चलाउन सुरु गरेको फेसबुक हालसम्म १ करोड भन्दा बढि छन् यसका प्रयोगकर्ता। सामाजिक संजालको सदुपयोग सँगसँगै दुरुपयोग पनि दिनानुदिन बढ्दै गएको छ।पछिल्लो समय अझै बढि भाइरल टिकटक रहेको छ। जस्ले आफ्नो प्रतिभा भएका व्यक्तिलाई त निकै राम्रो छ। हरेक कुराको राम्रो नराम्रो दुबै पक्ष हुन्छन् तर त्यसलाई कुन रुपमा लिने भन्ने स्वबिवेको कुरा हो। हाल नेपालको सन्दर्भमा हेर्ने भो भने एउटा नराम्रो घटना कतै घट्यो भने ठ्याक्कै त्यस्तै प्रकारको घटना अन्यत्र पनि घटिहालेका थुप्रै घटना हामी माझ छन्।जस्तो फेसबुक लाइभ आएर आत्माहत्या गर्ने,फेसबुकमै सुसाइड नोट लेखेर सुसाइड गर्ने जस्ता घटना बढिरहेको देख्न सकिन्छ, यो गम्भीर कुरा हो। राजनीतिकर्मी देखि समाजसेवि,विद्यार्थी ,कलाकार देखि अनलाइन मार्केटिङलाई त सामाजिक संजाल सजिलो माध्यम हो।जसका कारण अधिकांशले आफ्नो व्यवसाय फेसबुकबाटै चलाउने गरेका छन्।तसर्थ फेसबुक सदुपयोग गर्नेहरुले राम्रो मान्दै आएका छन्।
पछिल्लो समय हाम्रो समाजमा सोच्दै नसोचेका घटना घटिरहेका छन् यस्ता अप्रत्याशित घटना घट्नुमा पनि यहि सामाजिक संजाल नै दोषी भएको विज्ञहरुले बताउँदै आएका छन्।
कलिलो उमेरमा फेसबुक चलाउनु ,प्रविधिसँग चल्नु नराम्रो भने हैन तर कुन उमेरमा कस्तो प्रविधि प्रयोग गर्नु पर्छ भन्ने कुरा हाम्रो समाजमा अझैसम्म ज्ञान छैन त्यसकारण यसको दुरुपयोग हुन गई गम्भीर खालका घटना एकपछि अर्को अत्याधिक मात्रामा आउन थालेका छन।र पछिल्ला केही घटना जातीय मुद्दामा लगेको हाम्रै आँखाले प्रष्ट देखेका छौ।कुनै पनि घटनालाई जातीयताका आधारमा हेर्न थालियो भने झन् बिकराल समस्या उत्पन हुन्छ ।यस्का गम्भीर प्रकारका बिषयमा सामाजिक संजालमा जथाभावी तर्क राख्दा बलेको आगोमा तेल थपे झै हुनेछ र समाजमा अराजकता नै फैलाउने काम भएको छ जो हुनु हुदैन ।
अर्को तर्फ जाउ
एक किसिमले हेर्ने हो भने त संजालमा रमाउन थाले देखि अचेल परिवार भित्रकै सदस्यहरु पनि माया मोह घटदै गएको छ। हामी यति धेरै प्रयोग गर्न थाल्यौ कि म को हुँ मैले परिवार,समाज र देशका लागि कस्तो भुमिका निर्वाह गर्नु पर्छ भन्ने कुरा पनि बिर्सिसक्यौ।समाज के हो ,समाजमा नागरिकको दायित्व कति हुनु पर्ने हो त्यतातरि खासै ध्यान छैन कसैको पनि।ध्यान छ त कतैकुनै केही नयाँ काण्ड भयो भने बिना अनुसन्धान नै
जर्ज बन्न हतार गर्छौ ।हामीमा धैर्य गर्नसक्ने क्षमता घट्दै गएको छ।अनुसन्धान भन्दा पनि हल्लाको पछि बढि दौडिन थालेका छौ।आफ्ना तर्क खुलेर राख्न पाइन्छ ।तर तार्किक भन्दा पनि हामी बढि बिबादास्पद कुरामा रुमलिन्छौ रुमलिन थालेका छौ ।यथार्थ के हो सत्य तथ्य बुझ्नु भन्दा पहिल्यै बिबाद गर्छौ। पछिल्लो समयमा हामी चाहिने भन्दा पनि बढि सामान्य भन्दा सामान्य बिषयमा बिबाद गरेर समय बर्बाद गरिरहेका छौ ।चाहे राजनितीक बिषय होस,चाहे अन्य कुनै सामाजिक बिषयमा ,अनावश्यक समय खर्च गरेर हामी आफ्नै जीवनलाई पनि अप्रत्यक्ष रुपमा असर पारिरहेका छौ ।अझ भन्नू पर्दा त केही युटुबर साथीहरुलाई त नयाँ केही कुरा पाउँनै हुन्न बिना अनुसन्धान नै पछि लागिरहेका हुन्छन्।सामान्य विषयलाई पनि बिकराल बनाएर कसैलाई मृत्युको शिकार नै बनाइदिन्छन् वा त परिवारबाट नै अलग गराएर आफ्नो रोजीरोटि चलाउँछन्।दायित्व भन्दा पनि स्वार्थमा अल्झिरहेको छ अचेल हाम्रो समाज।कसैले केही नयाँ राम्रो काम गर्यो भने उसका विगतका कमजोरी बाहिर ल्याएर हंगामा मच्याउँछौ तहन नहस नै पार्छौ ।सामाजिक संजाल यस्तो संचारको श्रोत हो जस्ले राम्रोसँग प्रयोग गरेको छ उसलाई अत्याथिक फाईदा र जीवनोपयोगी छ।जस्ले दुरुपयोग गरेको छ उसलाई प्रत्येक्ष रुपमा असर गरेको छ ।
सामाजिक संजाललाइ दुरुपयोग भन्दा पनि सदुपयोग बढि गरौ असामाजिक नबनौ सतर्क हौ।
धन्यवाद ।
नारायण काइँलो