Breaking News

बाग्लुङबाट चितवन हिडेकाे मिनिट्रक जब आफै बल्याे

By मनासलु

September 05, 2020

आँवुखैरेनी । बाग्लुङबाट काेठाकाे समाग्रि लिएर चितवन लागेकाे ग १ ख ७०९६ नम्बरको मिनिट्रकमा आफै आगाे लागेर जलेकाे छ । पृथ्वीराजमार्गकाे आँवुखैरेनी स्थित मिलन चाेकमा शुक्रबार राति आगलागि भएकाे हाे ।

गाडीमा खरावी भएर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ । गाडिमा भएकाे ग्याँस सिलिण्डर पड्किएको थियो भने आगलागिबाट गाडी पूर्ण रुपमा जलेकाे छ ।