जिल्ला अस्पताल गोरखा

Breaking News

गाेरखा अस्पतालमा ७५ वर्षिय महिलाकाे निधन

By मनासलु

September 05, 2020

भदाै २० गाेरखा ।

अचेत अवस्थामा गाेरखा अस्पतालमा आएकी गाेरखा नगरपालिका ७ की ७५ वर्षिय महिलाकाे अस्पतालमा निधन भएकाे छ । महिलाकाे  स्वावकाे पिसिआर परिक्षणकाे नतिजा नआएकाेले अस्पतालकाे इमरजेन्सी सेवा बन्द गरिएकाे विज्ञप्ति मार्फत अस्पतालले जनाएकाे छ ।

साथै अस्पतालले जटिल अवस्थामा स्वास्थ्य सेवा लिन स्वास्थ्यकर्मीहरुकाे सम्पर्क नम्वर सार्वजनिक गरेकाे छ । सेवाग्राहीमा पर्न गएकाे असुविधाप्रति अस्पतालले दुख व्यक्त गरेकाे छ ।