भदाै २१ गाेरखा ।
गोरखामा कोरोना पुष्टी भएकी मृतक महिलाको शव कोरोना भाइरस रोकथाम नियन्त्रण र न्युनीकरणका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको बैठकले दरौदी नदी र लुदी खोलाको दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेकाे छ ।
गोरखा अस्पतालका उपचारका क्रममा मृत्यु भएकी ७६ वर्षिय कोरोना संक्रमित महिलाको दरौदी नदी र लुदी खोलाको दोभानमा अन्येष्टी गरिने भएको हाे । उनकाे शनिबार गाेरखा अस्पतालकाे भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएकाे थियाे ।
आज बसेको जिल्ला स्तरीय कमाण्डपोष्टको बैठकले गोनपा १२ मा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो । यस अघि पनि वडा १२ मा गाड्ने निर्णय गरेर शहिद लखन गाउँपालिका वडा नम्वर १ मा शव गाड्दा स्थानिय गाउँलेहरुले विराेध गरेका थिए ।
नेपाल सरकारबाट जारी कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधी २०७६ बमोजिम अन्येष्टीका लागि परम्परागत रुपमा प्रयोग हुुदै आएको क्षेत्रमा मृतक महिलाको शव व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा दिने सुरक्षाको जिम्मा नेपाल प्रहरी तथा संसस्त्र प्रहरीलाई दिने निर्णय पनि बैठकले गरेको छ ।