साहित्य

पाँच मुक्तक

By मनासलु

September 06, 2020

मुक्तक १ पैसा फाल्ने हिम्मत लिए पैसाकै जित हुन्छ। मनको धनी सब सकिए पैसाकै जित हुन्छ। पैसा भन्दा मन ठुलो प्रतियोगिता भयो भनेनि, निर्णायकलाई पैसा दिए पैसाकै जित हुन्छ।। मुक्तक २ कुरा गर्छन सौखिनको पार्टि चाहिन्छ भन्छन्। जीवन सोच्छन् रङ्गिनको पार्टि चाहिन्छ भन्छन्। मलाइ जन्मदिएकै कारण मेरी आमा मरेकि हुन् साथिभाई जन्मदिनको पार्टि चाहिन्छ भन्छन्।। मुक्तक ३ पुरानो कपडा टाले, खाते भन्न सक्छन्। एकछाक चुलो बाले, खाते भन्न सक्छन्। बाटोमा फोहोर फालेर मै राम्रो हुँ भन्नेले, मैले फोहोर टिप्न थाले,खाते भन्न सक्छन्। मुक्तक ४ नसोचेको कदम चाले,अर्कै मोड लियो। गरिबीको बाध्यताले, अर्कै मोड लियो। धन भन्दा मन ठुलो भन्ने धनीकै भईन धनी भेटेपछि कथाले, अर्कै मोड लियो। मुक्तक ५ इज्जत जान्छ भन्छ टाले,कताकता धान्नु। कपडा चाहिन्छ फेसन खाले,कताकता धान्नु। छोरालाई एकथोक मनपर्छ छोरिलाई अर्को, बिचरा गरिब आमा बाले,कताकता धान्नु।।

निराजन रिजाल थाँक्रे गाउँपालिका -०१ धादिङ