भदाै २२ गाेरखा । वडा भित्र काेराेना सङ्क्रितकाे सँख्या बढेसँगै गाेरखा नगरपालिका वडा नम्वर ७ सिल गरिएकाे छ । वडा भित्र रहेका ५ वटा टाेल समूहकाे छलफलले एक हप्ताका लागि वडा सिल गर्ने निर्णय गरेकाे वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले बताए । वडा भित्र १५ जना सँक्रमित रहेका छन् । एक जनाकाे शनिबार निधन भएकाे थियाे।
पालुङटार नगरपालिका वडा नम्वर १० मा एक जना सङ्क्रमित देखिएसँगै वडा सिल गरिएकाे वडा अध्यक्ष रिषिराज धाैरालीले जानकारी दिए । विज्ञप्ति प्रकाशित गर्ने तयारि गर्दै थिए नगरले नै प्रकाशित गरिसकेछ अव हाम्रा वडामा कसैलाइ आउन र वडा भित्रका नागरिकलाइ बाहिर जान दिइने छैन,वडा अध्यक्ष धाैरालीले भने ।