पहाड जस्तो अटल अचुक छाडी कोमल कमल मनहरूले भरीभराँउ हिमालयझैँ अझुक अटल शीर पवित्रता को ममताले भरीभराँउ एक सिङ्गो संसार सपार्ने जिम्मेवारी बोकेका पिता ती तिम्रा काधँहरू …।।
अप्राप्य ममतामयी ठेलि स्मरण होस् कसरी रोहेका ती तिम्रा क्रन्दनभरी हाँसो छर्न आतुर भोको पेट नाङ्गो शरिरमा ओडाउँन र भराउँन आतुर अन्धकार हटाई सूर्यसमान तेजको प्राकाट्य बटुली शिक्षा दियौं र ज्योति सँगै असल कदममा- निहित ती दर्शाईएका मार्गदर्शनहरू ।।
कति कुत्दौँ र भेट्छु म ती तिम्रो पाईलाहरू हस्याङ् फस्याङ्का पसिना र रगतकाती धाराहरू रून्थ्यौँ होला पिता तिमी पनि एकान्तमा ।। भोग प्यासँसगैँ पक्कै पनि जनयुद्ध लड्थ्यौ होला सुन्दर चटक्क पर्ने रंगीन तिम्रो ती शोख रहरहरू भावनाभरी कुण्ठित अनगिन्ति सपना बोकी।।
सायदै भरिभराँउ थिए तिम्रो भित्री चहानाहरू तिम्रो ती रंगिन सपनी चहाँना खुःसी अव्यस्त भयो हरेक प्रहर केवल सन्ततीकै निम्ति।। हरेक पीडा सारा दर्द भित्रका समस्याहरू हरेक पल सुधार्ने नजरमा ति-तिम्रा छोराहरू नहोउँ पीता निरास तिम्रा अठोटहरू पूरा हुनेछन् ।।
सुजन तिमल्सिना नुवाकोट हाल : काठमाडौ, ज्ञानेश्वर