Breaking News

जिल्ला प्रशासन काेही नआउनु : प्रमुख जिल्ला अधिकारी

By मनासलु

September 07, 2020

भदाै २२ गाेरखा ।

जिल्ला प्रशासन कार्यालय गाेरखाले कुनै पनि काम लिएर जिल्ला प्रशासन कार्यालय नआउन आग्रह गरेकाे छ । गाेरख सदरमुकाम क्षेत्रमा एकै दिन डेढ दर्जन सङ्क्रमित थपिए पछि जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै प्रमुख जिल्ला अधिकारि तिर्थराज भट्टराइले भनेका छन् ,:

यस कार्यालयबाट प्रवाह हुदै आएका सेवा प्रवाह मध्ये सवारी पास तथा सवारी सहजिकरण बाहेकका सेवा प्रवाह अर्काे सूचना जारी नहुँदा सम्मकाे लागि बन्द गरिएकाे व्यहाेरा अनुराेध छ । यस निर्णयबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति यस कार्यालय क्षमा प्रार्थी छाैँ।

सवारी पासका लागि sawaripassgorkha@gmail.com इमेलमा जानकारी दिन प्रशासनले आग्रह गरेकाे छ । जटिल अवस्थामा सम्पर्क गर्न भन्दै प्रशासनले प्रमुम जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारि र प्रशासकिय अधिकृतकाे सम्पर्क नम्बर सार्वजनिक गरेकाे छ ।

प्रमुख जिल्ला अधिकार तिर्थराज भट्टराइद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्ति हेर्नुहाेस् ।