फाइल तस्वीर

Breaking News

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

By मनासलु

September 07, 2020

भदौ २२, दमाैली ।

तनहुँमा केहीबेर अघि जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

तनहुँको व्यास नगरपालिका–५ चापाघाटबाट खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नं को जीप ऋषिङ गाउँपालिका–१ देउलीखोलामा कच्ची सडकबाट करीब ७० फिट तल खोलामा खस्दा जीपमा सवार व्यास नगरपालिका–५ का ५५ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए । उनको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा सात जना घाइते भएका छन् । जीप चालक म्याग्दे गाउँपालिका–७ निवासी होमबहादुर श्रेष्ठ गम्भीर घाइते छन् । जीपले च्यापिएका उनलाई केही बेर अगाडी मात्रै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये मधुसुदन श्रेष्ठ र सन्तकुमार श्रेष्ठलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्यको दमौलीकै अस्पतालमा उपचार भइरहेको छ । जीपका यात्रुहरु मृत्यु संस्कारमा भेटी लिएर खाल्डेतर्फ जाँदै थिए ।