Breaking News

काेराेना सङ्क्रमित ५ जना उपचार पछि रमाउँदै घर गए

By मनासलु

September 07, 2020

भदाै २२ गाेरखा ।

काेराेना सङ्क्रमित ५ जना उपचार पछि रमाउँदै घर गएका छन् । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्वर ६ र १० का एक एक जना गरी २ जना र १३ नम्वर वडाकाे ३ जना गरी ५ जना सङक्रमितहरु निकाे भएर साेमबार घर गएका हुन् ।  र

उनीहरुकाे गाेरखा अस्पतालद्वारा सञ्चालित गाेरखा क्याम्पसकाे आइसाेलेशनमा उपचार गरिएकाे थियाे ।  आइसोलेसनबाट डिस्चार्ज भएका सवैलाई १४ दिन अनिबार्य होमक्वारेन्टिनमा बस्न भनिएको  गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।