साहित्य

पाँच मुक्तक

By मनासलु

September 07, 2020

मुक्तक १ साच्चै, पाथी पुग्दैन~उब्जाउ माना पुग्दैन। छैन बास कठ्ठै, जग्गा एक ~आना पुग्दैन। उन्मुलन घोषणा गरेर मात्र हुन्छ र हजुर? हलिया नबसी बस्त्र पुग्दैन~ खाना पुग्दैन। मुक्तक २ न्यायालय रोज्दैन, अनि सरकार रोज्दैन। कानुनी सर्वोच्चताको आधार रोज्दैन। जब अभियुक्त फर्किन्छ नि म्यादै नकटाइ समाजले मृत्युदण्ड रोज्छ, कारागार रोज्दैन। मुक्तक ३ साच्चै, पाथी पुग्दैन~उब्जाउ माना पुग्दैन। छैन बास कठ्ठै, जग्गा एक ~आना पुग्दैन। उन्मुलन घोषणा गरेर मात्र हुन्छ र हजुर? हलिया नबसी बस्त्र पुग्दैन~ खाना पुग्दैन। मुक्तक ४. टाढिने मान्छे मै अधिकार होस लागिरहन्छ सधैं। प्रेमिका राधा कै अवतार होस लागिरहन्छ सधैं। दुनिया यो चटट्टै भुलु, हराउँ माया भित्र भित्रै, फिल्मी ~शैली मै प्यार होस लागीरहन्छ सधैं । मुक्तक ५ मिल्दैन शब्दमा लेखेर देखाउन मिल्दै मिल्दैन। र त एकचाेटि मरेर देखाउन मिल्दै मिल्दैन। भन्छौ सधै तिमी मलाइ माया गर्दैनौ भन्छौ हातमा मुटु झिकेर देखाउन मिल्दै मिल्दैन ।।

जनक सिग्देल घिरिङ गा पा १, तनहुँ