Breaking News

गण्डकीमा कृषिमन्त्री र सचिव वीच कार्य सम्पादन सम्झौता

By मनासलु

September 08, 2020

भदौ २३ कास्की । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर र मन्त्रालयका सचिव श्री सबनम शिवाकोटी ले कार्य सम्पादन सम्झौता भएकाे छ । सोमबार मन्त्रालयमा कार्यक्रका बिच मन्त्री थापामगरले हिजो मात्र सचिवको जिम्मेवारी सम्हाल्नु भएका शिवाकोटीसंगा कार्य सम्पादन गरेका हुन ।

सम्झौता पछि मन्त्री थापामगरले मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम, आयोजनाहरुको कार्यान्वयन र निर्धारित क्रियाकलापहरु कार्यतालिका बमोजिम सम्पादन गर्ने व्यवस्था गर्न महाशाखा प्रमुख तथा कार्यालय प्रमुखसँग समेत कार्य सम्पादन सम्झौता गर्न सचिव अर्याललाई मन्त्रि थापाकाे सुझाव रहेकाे छ ।

प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम भएको कार्य सम्पादन सम्झौतामा प्रदेश सरकारको दीर्घकालिन सोंच, प्रदेश सरकारको नीति तथा कार्यक्रम र प्रदेश सुशासन ऐन, २०७६ समेतका व्यवस्थालाई आत्मसाथ गरी कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, सहकारी विकास र वैज्ञानिक भूमि व्यवस्थापन सहितरोजगारी सिर्जना र गरिबी निवारण गर्दै समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यप्रति प्रतिबद्ध हुने उल्लेख छ ।

आर्थिक कारोवारमा नियमिता, मितव्ययिता, कार्यक्षमता, प्रभावकारिता, औचित्यतता कायम राख्ने, आर्थिक नियन्त्रण र अनुशासन कायम गर्ने, गराउनेका साथै सार्वजनिक खरिद ऐन, नियमावली, खरिद सम्बन्धी प्रदेश नियमावली, आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, प्रदेश आर्थिक कार्यविधि ऐन, प्रदेश प्रशासन ऐन लगायत प्रचलित नेपाल कानूनको पालना गर्ने, गराउने, मन्त्रालय र मातहत निकायको प्रशासन संयन्त्रलाई चुस्त दुरुस्त राखी सेवा प्रवाहको प्रभावकारी नियमन, सुपरीवेक्षण, अनुगम तथा मुल्याङ्कन गर्ने व्यवस्था र सुशासन, भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित कार्यहरु सम्पादन गर्ने, भनिएको छ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गसँग मन्त्रीहरुले आर्थिक बर्ष २०७७र७८ को वार्षिक कार्य सम्पन्न सम्झौता साउन २९ गते गरेका थिए ।