Breaking News

नवलपुरमा फुड र मास्क बैंक सञ्चालन

By मनासलु

September 08, 2020

भदाै २३ कावासाेती ।

नवलपुरका युवाहरुले विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा तीन दिन देखि सञ्चालन गरिरहेको फुड बैंक प्रभावकारी भएपछि फुड बैक सङ्गै मास्क बैंक पनि सञ्चालन गरेकाे छ ।

महाअभियान हरेक दिन एक मुठ्ठी दान,JCI नवलपुर,हेल्प अर्गानाइजेसन ,ड्याड नेपालको संयुक्त आयोजना तथा कोइलापानी पोलस्टार क्लब, हाम्रो संसार ,नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाको सहकार्यमा संचालन भैरहेको फुड बैंकले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको भएपनि कतिपयले मास्क समेत किन्न नसकेपछी उनिहरुलाइ स्वास्थ सुरक्षा सतर्कता अपनाउन सहज होस र संक्रमण जोखिम कम होस भन्ने उद्देश्यले मास्क बैंकको सुरुवात गरिएको संयोजक किरण भुर्तेलले जानकारी दिए ।

मास्क बैंकमा मास्क, सेनिटाइजर लगायतका स्वास्थ सामाग्री राखिनेछ । मास्क किन्न आर्थिक अभाव हुनेहरुले मास्क लिएर जाने र आर्थिक रुपमा सबल हुनेहरुले मास्क सहयोग गर्न सक्ने सहकार्य संस्था JCI नवलपुरका अध्यक्ष नारायण प्रसाद न्यौपानेले बताए ।

मास्क बैंक पनि फुड बैंक जस्तै कावासोतिको फलफुल चोक,नवलपुरमा दिउसो १ बजे देखि ३ बजेसम्म निरन्तर संचालन हुने आयोजकहरुले बताएका छन । गण्डकी प्रदेशका अन्य जिल्लामा रहेका यस्ता सामाजिक स‌स्थाहरु माैन रहेका बेला नवलपुरमा भने कामकाजी देखिएकाे हाे ।