मुक्तक १. नपाउने चिजको बढी चाह हुदो रै’छ बिर्सु भन्यो झन माया अथाह हुदो रै’छ अरुको हो थाहा छ अरुले नै राज गर्छ मनमा भने कताकता डाह हुदो रै’छ।। मुक्तक २. माया धेरै झगडा सकभर कम गरौँला क्षणिक होइन नि फेरि हरदम गरौँला यसपालि त सम्भव नहोला सबै पिरमा छौँ आउने साल चाहिँ सुरुमा नै घरजम गरौँला।। मुक्तक ३. भैरहेको जिन्दगी हराभरा किन बिगार्दिन्छौँ निर्दयी भएर कठै बिचरा किन बिगार्दिन्छौँ प्रेम शब्द आफैमा कति सुन्दर छ महान छ फेरि प्रेमको नाममा चेहरा किन बिगार्दिन्छौँ ? मुक्तक ४. दिल दुखाएर कसैलाई मुस्किल बनाएर अनायासै नयन हरु टिलपिल बनाएर के पायौँ एउटा अमूल्य चीज बताइदेउ कोमल मेरो हृदयलाई महफिल बनाएर।। मुक्तक ५. पहिरिरहन्छन् आदर्शका ताज अचम्म लाग्छ नमानेर अलिकती पनि लाज अचम्म लाग्छ बोल्न मात्र सिपालु भएका मेरा देशका नेताहरु चलाउछु भन्छन् पानीजहाज अचम्म लाग्छ।।
हिरा अधिकारी पोखरा