साहित्य

गजल

By मनासलु

September 10, 2020

पीडा थपिदैछ लगातार आमा मलाई यो जिन्दगिनै लाग्छ बेकार आमा मलाई

समय साथि र सम्बन्ध टाढा हुदैछन् तस्बिर भयो बाच्ने आधार आमा मलाई

हौसला सहानुभुति पाइन कहिलै पनि हेर्नुछैन अब यो संसार आमा मलाई

जुन दिन छोडेर जानुभयो हजुरले न दशै आयो न तिहार आमा मलाई

आजित भैसके म यो मतलवी मान्छेसंग हजुरसंगै आउनेछ बिचार आमा मलाई

दुर्गा मन्दिर अछाम